आन्दोलनमा ज्यान गुमाएका सुरेश रजकको स्मृतिमा 'टेलिभिजन पत्रकारिता पुरस्कारको  घोषणा​'

images
  • 422
    SHARES
  • चैत्र १६, २०८१ आइतबार
    आन्दोलनमा ज्यान गुमाएका सुरेश रजकको स्मृतिमा 'टेलिभिजन पत्रकारिता पुरस्कारको  घोषणा​'
    images

    काठमाडौं

    राजावादीको आन्दोलनमा ज्यान गुमाएका एभिन्यूज टेलिभिजनका सुरेश रजकको स्मृतिमा 'टेलिभिजन पत्रकारिता पुरस्कारको  घोषणा​' गरिएको छ । एभिन्यूज खबरका अध्यक्ष भास्करराज राजकर्णिकारद्वारा आइतबार जारी विज्ञप्तिअनुसार 'सुरेश रजक स्मृति टेलिभिजन पत्रकारिता पुरस्कार' हरेक वर्ष चैत १५ गते प्रदान गरिने छ । 

    rajak_bc692oJH68.jpg

    एभिन्यूजले घटनाको उच्चस्तरीय छानबिन गरी दोषीलाई कारबाही, मृतक रजकलाई शहीद घोषणा र मृतकका परिवारलाई राहत उपलब्ध गराउन सरकारसमक्ष यसअघि नै माग गरिसकेको छ ।

    त्यसैगरी रजकको परिवारलाई रोजगारीका लागि पहल गर्ने, तत्कालका लागि काजकिरिया खर्चबापत १ लाख रुपैयाँ प्रदान गरिने राजकर्णिकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ । यस्तै एभिन्यूजले गरेको रजकको बीमा बापतको १० लाख रुपैयाँ प्राप्तिका लागि आवश्यक प्रक्रिया अघि बढाइने ​जनाइएको छ । 

     

     

     

     

     

     

     

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend