वरिष्ठ पत्रकार कमल कोइरालाको ८७ वर्षको उमेरमा निधन

images
  • 395
    SHARES
  • चैत्र १७, २०८१ सोमबार
    वरिष्ठ पत्रकार कमल कोइरालाको ८७ वर्षको उमेरमा निधन
    images

    काठमाण्डौ 

    वरिष्ठ पत्रकार एवम् पूर्वराजदूत कमल कोइरालाको ८७ वर्षको उमेरमा निधन भएको छ । केही दिनअघि घरमै लडेर बिरामी हुनुभएका कोइरालालाई उपचारका लागि सिनामङ्गलको केएमसी अस्पतालमा भर्ना गरिएकोमा उपचारको क्रममा हिजो निधन भएको हो ।

    पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा कमलले दक्षिण कोरियाका लागि नेपाली राजदूत भएर काम गर्नुभएको थियो । कोइराला परिवारका एक मात्र कम्युनिष्ट र वामपन्थी विचारधारामा विश्वास राख्ने उहाँले विभिन्न पत्रपत्रिकामा स्तम्भकारका रुपमा काम गर्नुभएको थियो ।

    पूर्वसांसदसमेत रहनुभएका दिवङ्गत कोइरालाको आज बिहान ११ बजे नेकपा (एकीकृत समाजवादी) को कार्यालयमा श्रद्धाञ्जली दिई पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend