तमू ह्युल छोँज धीँ चितवनले मनायो तमू एकता दिवस

images
  • 189
    SHARES
  • चैत्र १८, २०८१ मंगलबार
    तमू ह्युल छोँज धीँ चितवनले मनायो तमू एकता दिवस
    images

    भरतपुर 

    तमू ह्युल छोँज धीँ चितवनले सोमबार १६औँ तमू एकता दिवस मनाएको छ । २०६५ साल चैत १८ गते देशभरका तमू समुदायका लागि गठन भएका विभिन्न संघसंस्था एकै ठाउँमा गोलबद्ध भएको दिनको सम्झनामा तमू ह्युल छोँज धीँले हरेक वर्ष चैत १८ गते तमू एकता दिवस मनाउँदै आएको छ ।

    सोहीअनुसार यसवर्ष पनि ह्युल छोँज धीँ चितवनले नियमित कार्यक्रमअन्तर्गत एकता दिवस मनाएको अध्यक्ष विमलादेवी गुरूङले जानकारी दिइन् । उनले गुरूङ समुदायलाई राज्यसँग आफ्नो हकअधिकार माग गर्नेदेखि सामुदायिक विकासमा मह¤वपूर्ण भूमिका निर्वाह गर्दै आएको स्मरण गराउँदै अग्रजहरुकै मार्गमा यात्रा गर्दा ह्युल छोँज धीँ १६औँ एकता दिवस मनाउन सफल भएको बताइन् ।

    कार्यक्रममा बोल्दै तमू ह्युल छोँज धीँ बागमती प्रदेश प्रमुख गणेशबहादुर गुरूङले गुरूङ समुदायका मानिसहरु जुनसुकै ठाउँमा बसोवास गरे पनि विचार र सिद्धान्तमा एक ठाउँ उभिनुपर्ने बताए । सुखदुःखमा सबै तमूहरु एक ठाउँमा खम्बा भएर उभिन सक्नुपर्ने उनको भनाइ छ ।

    कार्यक्रममा तमूस्यो ह्युल छोँज धीँ गुरूङ महिला राष्ट्रिय परिषद् चितवनकी अध्यक्ष सीतादेवी गुरूङ, नेपाल तमू विद्यार्थी छोँज धीँका केन्द्रीय अध्यक्ष पवन गुरूङलगायतले पनि शुभकामना मन्तव्य राखेका थिए ।

    तमू ह्युल छोँज धीँ चितवनका सचिव किशोर गुरूङले सहजीकरण गरेको कार्यक्रममा संस्थाका सल्लाहकारहरु चन्द्रमान गुरूङ, शिवबहादुर गुरूङ, केन्द्रीय सदस्य गोपीराम गुरूङ, केद्रीय अनुगमन तथा निर्देशन समितिका सदस्य पदमबहादुर गुरूङलगायतको पनि उपस्थिति थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend