काठमाण्डौको तीनकुने घटनामा संलग्न भएको अभियोगमा थप २४ जना पक्राउ

images
  • 242
    SHARES
  • चैत्र १८, २०८१ मंगलबार
    काठमाण्डौको तीनकुने घटनामा संलग्न भएको अभियोगमा थप २४ जना पक्राउ
    images

    काठमाण्डाै 

    प्रहरीले काठमाण्डौको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा थप २४ जनालाई पक्राउ गरेको छ ।

    यही चैत १५ गतेको तीनकुनेमा आयोजित कार्यक्रममा हिंसात्मक प्रदर्शन, अराजक गतिविधि र तोडफोडको घटनामा संलग्न भएको आरोपमा थप २४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एवम् प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिनुभयो ।

    उनीहरूलाई काठमाण्डौका विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले यसअघि तीनकुने घटनामा ४१ जनालाई पक्राउ गरी म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend