सरकारले राजावादी समूहको प्रदर्शनमा सहभागी नहुन आमनागरिकलाई अपील

images
  • 480
    SHARES
  • चैत्र १८, २०८१ मंगलबार
    सरकारले राजावादी समूहको प्रदर्शनमा सहभागी नहुन आमनागरिकलाई अपील
    images

    काठमाण्डाै 

    सरकारले राजावादी समूहको प्रदर्शनमा सहभागी नहुन आमनागरिकलाई अपील गरेको छ । आज मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले राजावादी समूहको प्रदर्शनमा सहभागी नहुन सरकारले अपील गरेको बताउनुभयो ।

    त्यस्तै गएकाे शुक्रवार तीनकुनेमा भएको प्रदर्शनका क्रममा घाइते भएकाहरूको उपचार सरकारले गर्ने निर्णय भएको उहाँले सुनाउनुभयाे ।

    उहाँले भन्नुभयो, ‘तीनकुने घटनाको सत्य तथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न र आउँदा दिनमा यस किसिमको घटना हुन नदिने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिइएको छ । साथै यस किसिमको अराजक गतिविधिहरूमा संलग्न नहुन आमनागरिकमा नेपाल सरकार हार्दिक अपील गर्दछ ।’

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend