तीनकुने घटना : सविनलाई १ गोली लागेको पोस्टमार्टम रिपोर्ट

images
  • 402
    SHARES
  • चैत्र १८, २०८१ मंगलबार
    तीनकुने घटना : सविनलाई १ गोली लागेको पोस्टमार्टम रिपोर्ट
    images

    काठमाडौं ।

    तीनकुनेमा भएका प्रदर्शनमा मृत्यु भएका कीर्तिपुरका सविन महर्जनको शरीरमा एक गोली लागेको पाइएको छ ।

    त्रिवि शिक्षण अस्पतालमा आज भएको पोस्टमार्टमको क्रममा उनको शरीरमा एक गोली लागेको खुलेको हो । प्रहरी स्रोतका अनुसार उनको दायाँ हातको कुहिने नजिकको भागबाट कोख हुँदै ढाडबाट गोली निस्केको पाइएको छ ।

     

    १५ चैतमा राजावादीहरुले गरेको आन्दोदनका क्रममा गोली लागेर उनको मृत्यु भएको थियो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend