बाग्मतीकाे बजेट : प्रदेशभित्रका नाङ्गा डाँडामा १ वर्षभित्र १५ हजार बिरुवा राेपिने

images
  • 141
    SHARES
  • आषाढ १, २०७९ बुधबार
    बाग्मतीकाे बजेट : प्रदेशभित्रका नाङ्गा डाँडामा १ वर्षभित्र १५ हजार बिरुवा राेपिने
    images

    मकवानपुर 

    बाग्मगी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०७९/८० का लागि झन्डै ७१ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सभामा ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको हो ।

    bagmati_province_budget_TBdRgXJiSU.jpg

    प्रदेश सरकारले चालु आर्थिक वर्षमा प्रदेश गौरवको आयोजना नयाँ थप गरेको छैन । धेरैजसो पुरानै आयोजनामा जोड दिइएको छ । वन तथा वातावरण मन्त्रालयलाई तीन अर्ब २३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

    बजेट प्रस्तुत गर्दै मन्त्री जम्कट्टेलले वनजङ्गल विस्तार, सिमसार क्षेत्रको संरक्षणमा बजेट कार्यान्वयन गरिने र प्रदेशभित्रका नाङ्गा डाँडाहरूमा एक वर्षभित्र १५ हजार बिरुवा रोप्ने बताउनुभयो ।

    प्रदेश सरकारले मकवानपुरको मनहरी र सिन्धुलीको हरिहरपुरगढीमा नयाँ औद्योगिक क्षेत्र निर्माण गर्न १३ करोड ६५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यस्तै एक वडा एक स्वास्थ्य क्लिनिक योजना अघि बढाउन १८ करोड २७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend