रवीन्द्र र धवलसँग भेट गर्न दोस्रो पटक हिरासत पुगे अध्यक्ष राजेन्द्र लिङ्देन

images
  • 281
    SHARES
  • चैत्र १८, २०८१ मंगलबार
    रवीन्द्र र धवलसँग भेट गर्न दोस्रो पटक हिरासत पुगे अध्यक्ष राजेन्द्र लिङ्देन
    images

    काठमाडौँ।

    प्रहरी हिरासतमा रहेका राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्र र सांसद धवलशमशेर राणासँग अध्यक्ष राजेन्द्र लिङ्देनले दोस्रो पटक भेट गरेका छन् ।

    गत शुक्रबार (१५ चैत) काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका उनीहरूलाई लिङ्देनले यसअघि पनि एक पटक भेट गरेका थिए ।

    शनिबार साँझ हिरासतमै पुगेर मिश्र र राणासँग भेट गरेका लिङ्देन मंगलबार पुनः उनीहरूलाई भेट्न पुगेका हुन् ।

    जिल्ला प्रहरी परिसरका अनुसार मंगलबार दिउँसो ३ बजेतिर लिङ्देन धवल र रवीन्द्रलाई भेट्न पुगेका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend