नेपाल र थाइल्यान्डबीच विभिन्न सम्झौतापत्रमा हस्ताक्षर

images
  • 477
    SHARES
  • चैत्र १९, २०८१ बुधबार
    नेपाल र थाइल्यान्डबीच विभिन्न सम्झौतापत्रमा हस्ताक्षर
    images

    काठमाण्डाै –

    प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक थाइल्यान्ड भ्रमणका क्रममा दुई देशबीच विभिन्न सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

    परराष्ट्रमन्त्री आरजु राणा देउवाका अनुसार पर्यटन र संस्कृतिसँग सम्बन्धित दुई वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री ओली र थाइल्यान्डकी प्रधानमन्त्री पाइतोङतार्न शिनावात्राको उपस्थितिमा ती समझदारीपत्रमा हस्ताक्षर भएका हुन् ।

    यसैगरी दुई देशका प्रधानमन्त्रीका उपस्थितिमा गैरसरकारी क्षेत्रसँग सम्बन्धित स्वास्थ्य, शिक्षा र व्यापार वाणिज्यसँग सम्बन्धित क्षेत्रमा ६ वटा समझदारीपत्रमा समेत हस्ताक्षर भएको थियो ।

    थाइल्यान्ड सरकारको औपचारिक भ्रमण तथा छैटौं 'बिम्स्टेक' सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली हिजो थाइल्यान्ड पुग्नुभएको हो ।

    यसैबीच बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौं शिखर सम्मेलनमा भाग लिन थाइल्यान्डको बैंककमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुने भएको छ । शिखर सम्मेलनका क्रममा दुई देशका प्रधानमन्त्रीबीच पर्सि शुक्रवार 'साइडलाइन' वार्ता हुने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend