चितवन
बन्धक बनाएर शारीरिक यातना दिइएकी महिलाको ज्यान गएकाे प्रहरीले जनाएको छ । ज्यान गुमाउनेमा राप्ती नगरपालिका–१ पिप्लेकी २७ वर्षीया महिला रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मकवानपुरको हेटौँडा उपमहानगरपालिका ९ घर भइ अहिले राप्ती नगरपालिका बस्ने ४५ वर्षीय पूर्णबहादुर घलानले बन्धन बनाएर शारीरिक यातना दिएकी ती महिलाको उपचारका क्रममा भरतपुर अस्पतालमा ज्यान गएकाे हाे ।
काठमाण्डाैबाट चितवन राप्ती नगरपालिका १ पिप्ले भाउजूको घर आएकी २७ वर्षीया महिला बाटो अलमलमा परेको बेला घलानले भाउजूको घर पुर्याइदिन्छु भनेर उनलाई बन्धक बनाएको प्रहरीले जनाएको छ । लामो समयसम्म आफ्नै घरमा राखी ती महिलालाई घलानले पटक–पटक यौन हिंसा गरेका कारण रक्तस्राव भएपछि उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो ।
घटनाको विषयमा जानकारी पाएपछि मृतक महिलाको भाउजू भीमकुमारी तामाङले प्रहरीलाई खबर गरेको र पीडक अहिले पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिनुभयो ।



