तीनकुने घटना सम्बन्धमा न्यायिक छानबिन समिति गठन गर्न सरकारलाई निर्देशन

images
  • 340
    SHARES
  • चैत्र २०, २०८१ बिहीबार
    तीनकुने घटना सम्बन्धमा न्यायिक छानबिन समिति गठन गर्न सरकारलाई निर्देशन
    images

    काठमाण्डाै 

    कानून,न्याय तथा मानव अधिकार समितिले तीनकुने घटना सम्बन्धमा न्यायिक छानबिन समिति गठन गर्न सरकारलाई निर्देशन दिएको छ ।

    आज बसेको बैठकपछि समिति सभापति विमला सुवेदीले तीनकुने घटनाका सम्बन्धमा पूर्वप्रधानन्यायधीश वा पूर्वन्यायाधीशको अध्यक्षतामा छानबिन समिति गठन गर्न सरकारलाई निर्देशन दिएको बताउनुभयो ।

    सभापति सुवेदीले निष्पक्ष छानबिन गरी दोषीमाथि प्रचलित कानूनअनुसार कडा कारबाही गर्नुपर्ने बताउनुभयो । तीनकुने घटनाले मानव अधिकारको विश्वव्यापी घोषणपत्रको गम्भीर उल्लङ्घन गरेको उहाँकाे भनाइ छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend