नयाँ वर्षमा नारायणी किनारमा नेपाली सङ्गीतको महामेला हुँदै, पाँच व्याण्डसहित भव्य कन्सर्ट

images
  • 416
    SHARES
  • चैत्र २०, २०८१ बिहीबार
    नयाँ वर्षमा नारायणी किनारमा नेपाली सङ्गीतको महामेला हुँदै, पाँच व्याण्डसहित भव्य कन्सर्ट
    images

    चितवन 

    नयाँ वर्षको अवसरमा चितवनको नारायणी किनारमा हुने भव्य सांगीतिक कन्सर्टको यतिबेला तिब्र तयारी भइरहेको छ । आउने नयाँ वर्षको अवसरमा हुने भव्य सांगीतिक कन्सर्टले भरतपुरस्थित नारायणी किनार गुञ्जायमान हुँदैछ।

    नेपाली नयाँ वर्षको स्वागत गर्दै यस वर्षको अन्तिम दिनमा हुने भव्य सांगीतिक कन्सर्टले नारायणी किनार गुन्जीन लागेको हो। कन्सर्टमा युवाहरुमाझ चर्चित पाँच ब्यान्डले बेजोड प्रस्तुति दिँदैछन्। सन्देश र मनोरन्जन एकसाथ दिने उद्देश्यले भव्य सांगीतिक कन्सर्ट आयोजना गरिएको आयोजकको दाबी छ। एस डि ईभेन्ट्स एण्ड म्यानेजमेन्टले मिसन रेड न्यू इएर फेस्ट नामक भव्य सांगीतिक कन्सर्ट गर्ने जमर्को कसेको हो।

    कन्सर्टमा चितवन सहित अन्य छिमेकी जिल्लाहरु साथै नेपालभरबाट हजारौ दर्शकहरु आउने अपेक्षा गरिएको छ । मन्त्र ब्यान्ड सहित कुटुम्ब ब्यान्ड, द एक्स ब्यान्ड, समीर श्रेष्ठ एण्ड गुड बोइज र केहर एण्ड जोए झुम्दै छन् । आउँदो चैत्र ३१ गते हुने भव्य कन्सर्टको तयारी धमाधम भइरहेको छ भने करिब १५००० बढी दर्शक आउने आयोजकको अनुमान छ। यि पाँच ब्यान्डको प्रस्तुतिको मनोरञ्जनका लागि खल्ती मार्फत अनलाइन टिकटको समेत व्यवस्था गरिएको छ।

    एस डी फाउण्डेशनले चितवन सहित देशभर देखिएको रगत अभाव हटाउन मिसन रेड अभियान सञ्चालन गरिरहेको छ।अभियान अन्तर्गत विभिन्न रक्तदान कार्यक्रम,रक्तदाता उत्प्रेरणा कार्यक्रम ,सचेतना सहित विविध पहलकदमी हुँदै आएका छन्।

    मिसन रेड अभियानले एक वर्षभित्र ५००० पिन्ट रगत संकलन गर्ने, १०००० युवालाई रक्तदान र रगत अभाव व्यवस्थापन सम्बन्धी तालिम प्रदान गर्ने तथा डिजिटल प्लेटफर्म मार्फत ५० लाख मानिसलाई रक्तदानमा उत्प्रेरित गर्ने लक्ष्य लिएको छ ।हालसम्म अभियानले करिब २००० पिन्ट रगत संकलन गरिसकेको छ भने रगत व्यवस्थापनका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend