पोल्याण्ड पठाइदिन्छु भनी ठगी गरेको आरोपमा तीन जना पक्राउ

images
  • 334
    SHARES
  • चैत्र २१, २०८१ शुक्रबार
    पोल्याण्ड पठाइदिन्छु भनी ठगी गरेको आरोपमा तीन जना पक्राउ
    images

    काठमाडौं।

    वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा काठमाडौंको टोखा नगरपालिका-१ घर भई बूढानीलकण्ठ नगरपालिका-६ बस्ने ३९ वर्षीय राजु विक्रम राणा, ३५ वर्षीया रोशनी राणा र टोखा नगरपालिका-९ बस्ने कञ्चनपुर बेदकोट नगरपालिका-१० घर भएका ३३ वर्षीय भीमबहादुर महर रहेका छन् ।

    राजु र रोशनीले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख १२ हजार रूपैयाँ तथा भीमबहादुरले २ जना पीडितहरूबाट २ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राजु र रोशनीलाई काठमाडौं महानगरपालिका-६ बौद्ध तथा भीमबहादुरलाई काठमाडौं महानगरपालिका-२६ बाट पक्राउ गरेको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend