देवघाट,
चक्रवर्ती सामुदायिक वन उपभोक्त समुहद्वारा वन डढेलो रोकथाम तथा नियन्त्रणका लागी सामुदायिक वन क्षेत्रको विभिन्न स्थानमा आज अग्निरेखा सरसफाइ तथा उपभोक्ताहरुला वन सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
सो प्रशिक्षण कार्यक्रममा सामुदायिक वन उपभोक्ता समितिका करिब १ सय ६० जना सहभागीहरुलाई सव डिभिजन वन कार्यालय देवघाटका वन अधिकृत कृष्ण प्रसाद भट्टले वन सम्बन्धी प्रशिक्षण दिनुभएको थियो।
उक्त कार्यक्रम देवघाट ५ वडाका पुर्व अध्यक्ष यालबहादुर गुरुङ,सामुदायिक वन अनुगमन संयोजक टेकराज सापकोटा,सव डिभिजन कार्यालय देवघाटका वन प्राविधिक दिपक सिलवाल,लोकराज उपाध्याय,देवपुर टोलबिकास संस्थाका अध्यक्ष सुकु गुरुङलगायत सामुदायिक वनका कार्यसमिति पदाधिकारीहरु एवं उपभोक्तहरुको सहभागीता रहेको थियो।भने सामुदायिक वनका अध्यक्ष डिलबहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम भएको थियो।



