काठमाण्डौ
आज देशका पहाडी क्षेत्रको मौसम आंशिक बदली छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली एक–दुई ठाउँमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।
अहिले पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी क्षेत्रमा मौसम आंशिक बदली रही बाँकी भागमा मुख्यतया सफा नै रहनेछ ।
आज राति कोशी र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने अनुमान छ ।



