देवघाटमा खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगितामा पुरुषतर्फ बाग्लुङ र महिलातर्फ राइजिङ्गस्ट्रारलाई उपाधी

images
  • 716
    SHARES
  • चैत्र २२, २०८१ शनिबार
    देवघाटमा खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगितामा पुरुषतर्फ बाग्लुङ र महिलातर्फ राइजिङ्गस्ट्रारलाई उपाधी
    images

    देवघाट
    "खेल खेलौं स्वास्थ्यको लागी, खेलाडी राष्ट्रको लागी"भन्ने नारालाई आत्मसात गर्दै देवघाट कालिका मन्दिर सेवा संस्था देवघाटको आयोजना तथा राईजिङस्टार युवा क्लब देवघाट-५. नयाँबस्तीको सह-आयोजनामा चैत्र २२ गते शुक्रबारबाट कालिका मन्दिरको प्राङ्गण भएको खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगितामा पुरुषतर्फ बाग्लुङ समाज गैंडाकोट र महिलातर्फ राइजिङ्गस्ट्रार देवघाट ५ नयाँ बस्ती प्रथम भएको हो।

    488501254_642765938390024_2863039994021088958_n.jpg

    सो प्रतियोगितामा पुरुषतर्फ छिमेकी जिल्ला चितवन,नवलपुर र तनहुँको गरि १० टिमको सहभागीता रहेको थियो भने महिला तर्फ तनहुँ र चितवन गरि ५ टिमको सहभागिता रहेको कार्यक्रम संयोगजक अमर बहादुर थापाले जानकारी दिनुभयो।488206950_642766588389959_5610054837142053052_n.jpg

    प्रतियोगितामा पुरुषतर्फ फाइनल खेलमा नवलपुर हर्दी क्लबलाई सोझो सेटमा पछि पर्दै बाग्लुङ समाज गैंडाकोटले उपाधी चुनेको थियो भने नगत ३० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो।द्वीतीय नवलपुर हर्दी क्लबले नगत १५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको हो।साथै महिला तर्फको फाइनल खेलमा भने देवघाट ५ झारखानीलाई सोझो सेटमै पछि पर्दै राइजिङ्गस्ट्रार देवघाट ५ नयाँ बस्तीले उपधी हासिल गरेको थियो।भने नगत १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो।

    488682246_642767331723218_5471116126178885119_n.jpg

    कार्यक्रममा देवघाट ५ का पुर्व अध्यक्ष यालबहादुर गुरुङ,देवघाट युवा तथा खेलकुद समितिका अध्यक्ष अमर बहादुर फेवालीमगर,देवघाट टोलबिकास संस्थाका अध्यक्ष होमबहादुर भाराती,देवघाट मगर उत्थान समाजका कार्यबाहक अध्यक्ष अमृता थापामगर,प्रथम पुरस्कार सौंजन्य तनहुँ ॠषिङ्ग सुनचाँदी पसल पोखरा बसपार्कका प्रो.बिसुलाल सुनार,समाजसेवी पुर्णबहादुर थापामगर लगायतको सहभागिता रहेको थियो भने कालिका मन्दिर सेवा संस्थाका अध्यक्ष यामबहादुर थापामगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।489467002_642765915056693_7134874265086388070_n.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend