देवघाट,
तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित दुर्गा मन्दिरको आज एक कार्यक्रमको आयोजना गरी प्रमुख अतिथि विश्व जागरण महा-अभियान ट्रस्टका संस्थापक एवं मातापिता सेवा आश्रम देवघाटका संरक्षक ईश्वरकृष्ण महाराजद्वारा शिलान्यास गरेको हो।
कार्यक्रम सम्बोधन गर्दै प्रमुख अतिथि ईश्वरकृष्ण महाराजले देवघाटधाम संसारकै अति पावन तिर्थस्थल रहेको बताउदै ज्ञान,भक्ति र देवताहरुको स्थान रहेको बताउनुभयो।साथै देवघाटको स्वागत गर्ने मन्दिर यहाँ बनाउन आग्रह गर्दै मन्दिर निर्माणमा सक्दो सहयोग र विभिन्न संघ संस्था र सहयोगीदाताहरु संग सबैमिली समन्वय सहकार्य गर्ने महाराजले बताउनुभयो।
नेपालको पवित्र तीर्थस्थल देवघाटधाम स्थित सुन्दरशील टोल वडा न: ५ को वडा कार्यालय अगाडि बन्ने दुर्गा मन्दिर निर्माणको लागी डिपिआर अनुसार २ करोड ४६ हजार लाग्ने दुर्गा मन्दिर निर्माण ब्यबस्थापन समितिका संयोजक बलबहादुर क्षेत्रीले बिहानी मिडियालाई जानकारी दिनुभएको थियो।
कार्यक्रममा विशिष्ट अतिथि देवघाट गाउँपालिका प्रवक्ता एवं ५ वडा अध्यक्ष पुर्णबहादुर कुवर,अतिथि देवघाट ५ वडा सदस्य बुद्धिबहादुर पाण्डे,कमला गुरुङ,जेसिज देवघाटधामका अध्यक्ष प्रशन्न ढकाल, सुन्दरशील टोल बिकासका अध्यक्ष दुर्गालाल गुरुङ लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने दुर्गा मन्दिर व्यवस्थापन समितीका अध्यक्ष प्रविन कार्कीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।




