देवघाट
सगरमाथा सञ्चार सेवाद्वारा संचालित रेडियो देवघाट १०२.६ मेगाहर्जले नयाँ बर्ष २०८२ को भित्तो पात्रो विमोचन गरेको छ ।
रेडियो देवघाटका अध्यक्ष विजयराज शर्मा भुसालको अध्यक्षतामा भएको कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो ।

गाउँपालिका अध्यक्ष थापाले रेडियोलाई समय सापेक्षित बनाउदै डिजिटल प्रविधिमा बिकास गराउनुपर्ने बताउनुभयो । परिवर्तनको संवाहक रेडियो भएको भन्दै उहाँले दुरदराजका आवाजलाई रेडियोले सम्बोधन गर्नुपर्ने सुझाव राख्नुभयो ।
आगामी दिनमा अझ रेडियोको बिकासमा देवघाट गाउँपालिकाले नयाँ योजनासाथ अगाडि बढाउने उहाँले बताउनुभयो । त्यस्तै अध्यक्ष थापाले नजिकिदै गरेको नयाँ बर्ष २०८२ को आम नेपालीहरुमा शुभकामना समेत व्यक्त गर्नुभयो ।

रेडियोलाई व्यवस्थित ढङ्गबाट अगाडि बढाउन गृहकार्य भइरहेको रेडियोका अध्यक्ष बिजयराज शर्मा भुसालको भनाइ थियो ।
देवघाटको धार्मिक बिकासलाई जोड दिएर आम नागरिकका समस्या समाधानमा रेडियोको भूमिकालाई मध्येनजर गर्दै वि.स. २०६७ सालमा रेडियो देवघाट स्थापना भएको बताउनुभयो ।

रेडियोको भित्तोपात्रो विमोचनमा कार्यक्रममा देवघाट गाउँपालिका प्रवक्ता एवं ५ वडा अध्यक्ष पुर्ण बहादुर कुवर,देवघाट ४ नम्बर वडा अध्यक्ष मित्रलाल गुरुङ,देवघाट ५ वडा सदस्य बुद्धिबहादुर पाण्डे,यम बहादुर मगर,नेपाली काङ्ग्रेस देवघाटला उप-सभापति पुरुषोत्तम शर्मा पण्डित,देवघाट ५ नम्बर वडाका पुर्व वडा सदस्य ठाकुर कुमारी काफ्ले ,चक्रवर्ती सामुदायिक वनका अध्यक्ष डिलबहादुर गुरुङ,गलेश्वर आश्रममा प्रतिनिधि महेन्द्र प्याकुरेल,चक्रवर्ती सामुदायिक वनका पुर्व अध्यक्ष तोयानारायण खराल लगायतको उपस्तिथि रहेको थियो।




