काठमाडौं ।
अघिल्लो दिन ३३ अंक घटेको सेयर बजार मंगलबार थप ३.४४ घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २६६६ अंकमा कायम भएको छ ।
सूचीकृत कम्पनीको अन्तिम कारोबार मूल्य गणनाका आधारमा नेप्से १.७३ अंकले बढेको थियो । तर अन्तिम १५ मिनेटको भारित औसत मूल्यका आधारमा गणना हुँदा अघिल्लो दिनको तुलनामा बजार ३.४४ अंक घट्न पुग्यो ।
दुई सातादेखि बजारमा कम्पनीको अन्तिम १५ मिनेटको भारित औसत मूल्यका आधारमा सूचकहरू गणना हुँदै आएका छन् । १२ : ५२ बजे २६३२ अंकसम्म झरेको बजार त्यसपछि सम्हालिएको हो । यहीं क्रममा २ : ४५ देखि ३ : ०० बजेसम्मको कारोबारमा कम्पनीको भारित औसत मूल्य गणना आधारमा सूचक हेरफेर हुँदा बजार घट्न पुग्यो ।
कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ५ अर्ब ६५ करोडको कारोबार भएकोमा आज ५ अर्ब ३० करोडको भयो । १२१ कम्पनीको मूल्य बढ्दा १२३ को घट्यो ।
उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.५७ प्रतिशत बढ्यो । त्यस्तै फाइनान्स ०.६०, निर्जीवन बीमा ०.१३ र व्यापार समूह ०.७० प्रतिशत बढे ।बैंकिङ ०.३०, विकास बैंक ०.१६, होटल तथा पर्यटन ०.४८, हाइड्रोपावर ०.४९, लगानी ०.२५, जीवन बीमा ०.१७, माइक्रोफाइनान्स ०.०८ र अन्य ०.५७ प्रतिशत घटे ।



