जन्मिँदै राजा र रैती हुने व्यवस्था मान्दैनाैँ : प्रधानमन्त्री ओली

images
  • 274
    SHARES
  • चैत्र २५, २०८१ मंगलबार
    जन्मिँदै राजा र रैती हुने व्यवस्था मान्दैनाैँ : प्रधानमन्त्री ओली
    images

    काठमाण्डाै –

    प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मिँदै राजा र रैती हुने व्यवस्था कुनै पनि हालतमा नआउने बताउनुभएको छ ।

    मधेश प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुई–चार हजारको हुलले सरकारी सम्पत्ति आगजनी, निजी घरमा आगजनी, तोडफोड र मान्छे मार्नेसम्मको काम गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई हल्लाउन नसक्ने जिकिर गर्नुभयो ।

    नयाँ पुस्ताले राजतन्त्र नभोगेकाले उनीहरूलाई राजतन्त्र के हो भन्ने लागेको हुनसक्छ भन्दै प्रधानमन्त्री ओलीले नयाँ पुस्तामा यसबारेमा सचेता जगाउनुपर्ने बताउनुभयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र गतिमा रहेकाले दुःखी हुनुभन्दा खुशी मनाउनुपर्ने पनि बताउनुभयो ।

    प्रधानमन्त्री ओलीले मधेश प्रदेशसभामा विशेष सम्बोधन गरेको यो दोस्रो पटक हो । यसअघि मधेश प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतको पालामा पनि ओलीले सम्बोधन गर्नुभएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend