काठमाडौंमा सहकारी र लघुवित्त पीडितको प्रदर्शन

images
  • 308
    SHARES
  • चैत्र २५, २०८१ मंगलबार
    काठमाडौंमा सहकारी र लघुवित्त पीडितको प्रदर्शन
    images

    काठमाण्डाै –

    सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले आज पनि काठमाण्डाैमा प्रदर्शन गरेका छन् । सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले बिहान शान्तिबाटिकादेखि बालुवाटारसम्म प्रदर्शन गरेका हुन् ।

    उनीहरूले समग्र वित्तीय शोषणको अन्त्य गर, पीडितहरूको बचत अपचलन गर्नेहरूको सात पुस्ते सम्पत्ति जफत गरेर शीघ्र पीडितहरूलाई फर्काउने काम गर, सहकारीको पौने ३ खर्ब रुपैयाँ खाने र सहकारीमार्फत ठगी र सङ्गठित अपराध गर्ने विभिन्न पार्टीका नेता र कार्यकर्ता हुन् जस्ता प्लोकार्ड बोकेर नाराबाजी गरेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend