तीनकुने घटना : रवीन्द्र र धवलसहित २० जनालाई १५ दिनको म्याद थप

images
  • 338
    SHARES
  • चैत्र २५, २०८१ मंगलबार
    तीनकुने घटना : रवीन्द्र र धवलसहित २० जनालाई १५ दिनको म्याद थप
    images

    काठमाडौँ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री तथा सांसद धवलशमशेर राणासहित २० जनाविरुद्ध १५ दिनको म्याद थप भएको छ ।

    काठमाडौँ जिल्ला अदालतले उनीहरूसहित २० जनाविरुद्ध थप १५ दिन हिरासतमा राख्न अनुमति दिएको हो । राज्यविरुद्धको कसुरमा मुद्दा चलाइएकाहरू अब १५ दिनमा हिरासतमै रहने भएका छन् । उनीहरूविरुद्ध राज्यविरुद्धको कसुर र संगठित अपराधको कसुरमा मुद्दा चलाइएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend