नारायणी नदीमा डुबेर बेपत्ता भएका दिदीभाइ मृत फेला

images
  • 482
    SHARES
  • चैत्र २६, २०८१ बुधबार
    नारायणी नदीमा डुबेर बेपत्ता भएका दिदीभाइ मृत फेला
    images

    काठमाण्डाै – 

    नारायणी नदीमा डुबेर बेपत्ता भएका दिदीभाइ मृत फेला परेका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–१ मा रहेको ब्रिटिश क्याम्प नजिकै हिजो बेलुका नारायणी नदीमा नुहाउने क्रममा डुबेर दिदीभाइ बेपत्ता भएका थिए ।

    नदीमा बेपत्ता भएका गैँडाकोट–१ का विष्णु सेर्पुञ्जाकी छोरी १३ वर्षीया दीक्षा र ९ वर्षीय छोरा स्वप्निलको शव सशस्त्र प्रहरीको गोताखोरले आज नदीबाट निकालेको इलाका प्रहरी कार्यालय गैँडाकोटका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक सानुकाजी विष्टले जानकारी दिनुभयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend