रवि लामिछानेमाथि ज्यादती भएको भन्दै रास्वपाले मानव अधिकार आयोगमा ज्ञापनपत्र बुझायो

images
  • 284
    SHARES
  • चैत्र २६, २०८१ बुधबार
    रवि लामिछानेमाथि ज्यादती भएको भन्दै रास्वपाले मानव अधिकार आयोगमा ज्ञापनपत्र बुझायो
    images

    काठमाण्डाै –

    सभापति रवि लामिछानेलाई पक्राउ गर्दा प्रहरीले ज्यादती र मानव अधिकार उल्लङ्घन गरेकाे भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझाएको छ ।

    प्रमुख सचेतक सन्तोष परियार, सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलगायत रास्वपा नेताहरूले आयुक्तहरूलाई भेटेर घटनाबारे जानकारी दिँदै ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा रविको जीउज्यान तथा मानव अधिकारको रक्षार्थ आवश्यक समन्वय गर्न माग गरिएको छ ।

    पत्रमा मुद्दाको न्यायिक प्रक्रियाको विवरण र त्यो दिनको घटनाको विवरण समेटिएको छ । लामिछानेविरुद्ध अस्वाभाविक, अशोभनीय, गैरकानूनी कार्य भएको, प्रहरीले अभद्र शैली अपनाएर अनुमतिविनै घरभित्र प्रवेश गरी शयन कक्षमै पुगेर धरपकड गरेकोलगायत विषय पत्रमा उल्लेख छ । रास्वपाले घटनाको आवश्यक छानबिन गरेर दोषीलाई कारबाही गर्न माग गरेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend