तीनकुने घटना:थप २ जना पक्राउ

images
  • 288
    SHARES
  • चैत्र २६, २०८१ बुधबार
    तीनकुने घटना:थप २ जना पक्राउ
    images

    काठमाण्डाै – 

    गएको चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा आगजनी र तोडफोड गरेको आरोपमा प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाण्डौको टोलीले उनीहरूलाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।

    पक्राउ पर्नेहरूमा भोजपुरको अरुण गाउँपालिका–५ घर भएका ४५ वर्षीय दिलकुमार श्रेष्ठ र सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका–४ घर भएका ३० वर्षीय जीतबहादुर श्रेष्ठ रहेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend