खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिताको सार्वजनिक सुनुवाइ,२लाख ८२ हजार ५४८ बचत

images
  • 593
    SHARES
  • चैत्र २६, २०८१ बुधबार
    खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिताको सार्वजनिक सुनुवाइ,२लाख ८२ हजार ५४८ बचत
    images
    तनहुँ,
    "खेल खेलौं स्वास्थ्यको लागी, खेलाडी राष्ट्रको लागी"भन्ने नारालाई आत्मसात गर्दै देवघाट कालिका मन्दिर सेवा संस्था देवघाटको आयोजना तथा राईजिङस्टार युवा क्लब देवघाट-५. नयाँबस्तीको सह-आयोजनामा यहीँ चैत्र २२ र २३ गते कालिका मन्दिरको प्राङ्गण सञ्चालन भएको खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिताको आज सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको हो।489841177_645791578087460_3518341935336372508_n.jpg
     
    सो कार्यक्रमबाट ३ लाख ८७ हजार २५३ रुपैयाँ कुल आम्दानी रहेको छ,भने खर्चतर्फ १ लाख ४ हजार ७०५ रुपैयाँ खर्च रहेको छ।उक्त कार्यक्रमबाट २लाख ८२ हजार ५४८ बचत रहेको आर्थिक संयोजक अमरबहादुर थापामगरले बताउनु भएको थियो।संयोजक थापामगरका अनुसार सो रकम मन्दिर व्यवस्थापन समितिले सौचालय निर्माण कार्यमा खर्च गर्ने बताउदै निर्माणाधीन अव्यवस्था रहेको कालिका मन्दिरलाई देश तथा विदेशमा रहनुहुने सम्पुर्ण सहयोगी महानुभावहरुला सकेको सहयोग गर्न अनुरोध गर्नुभएको छ।
     
    कार्यक्रममा देवघाट कालिका मन्दिर सेवा संस्थाका अध्यक्ष यमबहादुर थापामगर,देवघाट युवा तथा खेलकुद समितिका अध्यक्ष अमर फेवालीमगर,बज्रयोगीनी माबीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनोद सारुमगर,समाजसेवी सुर्य रानामगर,नारायण थापामगरलगायतको उपस्थिति रहेको थियो।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend