देवघाट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतको बिदाइ

images
  • 368
    SHARES
  • चैत्र २७, २०८१ बिहीबार
    देवघाट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतको बिदाइ
    images
    देवघाट तनहुँ:
     
    तनहुँको देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश सरुमगरको सरुवा भएको छ। सरुमगरको पाल्पाको तिनाउ गाउँपालिकामा सरुवा भएको हो।समयमै जनसमुदायको लोकप्रिय बनेका देवघाट गाउँपालिकामा कार्यरत अधिकृत सारुमगरलाई आज गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरि विदाइ गरेको छ।489904123_646474628019155_8938599382012776390_n.jpg
     
    यस्तै बिदाइ समारोहलाइ सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष तिलबहादुर थापामगरले प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुमगरले आफ्नो छोटो कार्यकालमा गाउँपालिकाको जनसमुदायलाई बुझेर उल्लेखनिय र प्रशंसनिय काम गरेको भन्दै देवघाटले उहाँलाई सधै सम्झिरहने बताउनु भएको थियो।
    489992734_646473258019292_5048749516915168630_n.jpg
    सो विदाइ समारोहमा गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङ,देवघाट १ का वडा अध्यक्ष मनिराज गुरुङ,देवघाट २ का वडा अध्यक्ष मिनबहादुर रानामगर,देवघाट ३ का वडा अध्यक्ष टेकबहादुर आलेमगर,देवघाट ४ का वडा अध्यक्ष मित्रलाल गुरुङ र देवघाट ५ का कार्यवाहक वडा अध्यक्ष यमबहादुर मगर,नेकपा एमाले देवघाट अध्यक्ष भिमबहादुर गुरुङ लगायतले शुभकामना मन्तव्य संगै अधिकृत सारुमगरलाइ उज्ज्वल भविस्यको कामना व्यक्त गरेका थिए।489911489_646475418019076_5259342883649663581_n.jpg
     
    गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुमगरलाई विदाइ गरिरहदा कार्यक्रम उपस्थित सबैजना भावुक बनेका थिए।सो कार्यक्रममा देवघाट गाउँपालिका प्रशासन अधिकृत गोविन्दप्रसाद पौडेल,कार्यपालिका सदस्य बाबुराम परियार,योजना शाखा अधिकृत रामप्रसाद सापकोटा,लेखा शाखा अधिकृत सरद न्यौपाने,कार्यक्रम शाखा अधिकृत कृष्णराज पन्त,जिन्सी शाखा प्रमुख जीवन गुरुङ,आइटी शाखा प्रमुख अरुण अधिकारीलगायत अन्य कर्मचारी,संघसंस्थाको प्रतिनिधिहरुको सहभागिता रहेको थियो।489956405_646473301352621_2168204094347231180_n.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend