शेयर बजार साढे ५ अङ्कले घट्याे

images
  • 234
    SHARES
  • चैत्र २७, २०८१ बिहीबार
    शेयर बजार साढे ५ अङ्कले घट्याे
    images

    काठमाण्डाै –

    हिजो बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ५७ अङ्कले घटेर २ हजार ६ सय ७० दशमलव ७० विन्दुमा झरेको छ ।

    आज विकास बैंक, जलविद्युत्, माइक्रोफाइनान्स र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेको छ । आज बोटलर्स नेपाल (बालाजु) कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै साढे प्रतिशतले ओरालो लागेको छ । समग्रमा बजार घटेको दिन नेपाल माइक्रो इन्सुरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर भने झन्डै १० प्रतिशतले बढेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend