प्रथम देवघाट २ वडा तरुण दल कप खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु

images
  • 665
    SHARES
  • चैत्र २७, २०८१ बिहीबार
    प्रथम देवघाट २ वडा तरुण दल कप खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु
    images

    देवघाट,e0cb4ee2-f632-4990-a6a0-2c04d7a491b4.jpg
    स्वास्थको लागी खेलकुद राष्ट्रको लागी खेलकुद भन्नेनारालाई आत्मसात गर्दै नयाँ वर्षको पावन अवसरमा तनहुँको देवघाट गाउँपालिका वडा नम्बर २ खाल्टेमा प्रथम देवघाट २ नम्बर वडा तरुण दल कप खुल्ला पुरुष भलिबल प्रतियोगिता आजबाट सुरु भएको छ।नेपाल तरुण दल देवघाट २ वडाको आयोजना तथा नेपाल देवघाट तरुण दलको सह-आयोजना एवं नेपाल तरुण दल तनहुँको मुख्य प्रायोजन रहेको छ।fa8cd70b-e47a-44e4-a8a1-e8bc0e14d213.jpg

    कार्यक्रमको समुद् घाटन गर्दै प्रमुख अतिथि नेपाली काङ्ग्रेस जिल्ला सदस्य अर्जुन अधिकारीले खेलकुद बिकासको क्षेत्रलाई बिकास गर्न हामी सबैको दायित्व जिम्मेवारी रहेको बताउनुभयो।साथै अधिकारीले खेलकुद क्षेत्रबाट आफ्नो गाउँठाँउ र देशलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सकिने बताउनुभयो।पछिल्लो समय भलिबल खेल प्रती खेलाडी र खेलप्रेमी दर्शकहरुको बढी क्रेज रहेको बताउदै आगामी दिनहरूमा गाउँपालिकाको खेलक्षेत्र बिकासको निम्ति सबै संग समन्वय गरि अगाडी बढ्ने बताउनुभयो।882d8276-578c-4bed-97d2-6ae94a5005ea.jpg

    यहीँ चैत्र २८ गते आजबाट सञ्चालन भएको खुल्ला पुरुष भलिबल प्रतियोगिता चैत्र ३१ गतेसम्म सञ्चालन रहने छ।प्रतियोगितामा सहभागी इन्ट्री शुल्क ५ हजार ५ सय रुपैयाँ राखिएको छ,भने पुरस्कार राशी प्रथम,द्वीतीय,तृतीय हुने टिमले क्रमशः १ लाख १ हजार १११ रुपैयाँ,५१ हजार १५१ रुपैयाँ र २६ हजार १५१ रुपैयाँ सहित ट्रफी, मेडल,प्रमाणपत्र पाउने छन्।सो प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी र स्पाइकर खेलाडी ३ हजार रुपैया सहित मेडल प्रमाणपत्र पाउने छ।23e726f0-6934-4ebc-9911-d423d2da6966.jpg

    कार्यक्रममा विशिष्ट अतिथि देवघाट २ नम्बर वडा अध्यक्ष मिनबहादुर रानामगर,देवघाट ३ नम्बर वडा अध्यक्ष टेकबहादुर आलेमगर,तरुण दल देवघाटका अध्यक्ष अमर फेवालीमगर,अतिथि कार्यपालिका सदस्य बालकुमारी परियार,हुममाया खान,देवघाट २ वडा सदस्य युवराज मगर,तरुण दल जिल्ला सदस्य रबिन्द्र गुरुङ,नेपाल विद्यार्थी संघ जिल्ला सदस्य लोकेश सिञ्जाली लगायतको उपस्थिति रहेकोे थियो।कार्यक्रम दिलबहादुर बाचेमगरले सञ्चालन गर्नु भएको थियो भने तरुण दल देवघाट २ वडाका सभापति विष्णु मल्लको अध्यक्षता रहेकोे थियो।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend