काठमाण्डाै –
पाल्पा सदरमुकाम तानसेनमा चलिरहेकाे दोस्रो तानसेन महोत्सव हावाहुरी र वर्षाका कारण प्रभावित भएको छ ।
गएरातिको हावाहुरीसहितको वर्षाका कारण महोत्सव प्रभावित बनेको हो । हिजाे कार्यक्रमको तयारी भइरहेका बेला अचानक वर्षा र हावाहुरी चलेपछि महोत्सवमा भागदौड मच्चिएको थियो ।
असिनासहितकाे वर्षाका कारण सांस्कृतिक कार्यक्रम स्थगित गरी आज सञ्चालन गर्ने तयारीमा आयोजक थिए । तर गएरातिदेखि चलेको ठूलो हावाहुरी र वर्षाका कारण महोत्सवस्थलमा बनाइएका स्टेज, स्टल, प्रवेशद्वार, घेरबारलगायत ढलेका छन् । अब महोत्सव नै अनिश्चित बनेको छ ।
महोत्सवस्थलमा राखिएका विभिन्न स्टलका सामानसमेत हावाले उडाएको व्यापारीहरूको भनाइ छ । हावाहुरीले करोडौंको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।



