गाउँस्तरीय शुद्ध खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगितामा पुरुषतर्फ ऋषिङ्ग र महिला तर्फ ढोडेनी प्रथम

images
  • 267
    SHARES
  • चैत्र २८, २०८१ शुक्रबार
    गाउँस्तरीय शुद्ध खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगितामा पुरुषतर्फ ऋषिङ्ग र महिला तर्फ ढोडेनी प्रथम
    images
    देवघाट,
    तनहुँ देवघाट गाउँपालिका वडा नम्बर १ ठुलोचौतारामा चैते दशैँ मेला २०८१ को पाउन अवसर कोटा युवा खेलकुद समितिद्वारा आयोजित गाउँस्तरीय शुद्ध खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिताको आज समापन भएको छ।490294439_646673821332569_5184070114182435462_n.jpg
     
    प्रतियोगितामा पुरुषतर्फ ऋषिङ्ग रामजकोट तनहुँ र महिला तर्फ गैंडाकोट ढोडेनी नवलपुर प्रथम भएको छ।सो प्रतियोगिता यहीँ चौत्र २३ गतेबाट सञ्चालन भएको थियो।छिमेकी जिल्ला नवलपुर,चितवन र तनहुँको गरि पुरुषतर्फ २० टिम र महिलातर्फ ८ टिमको सहभागिता रहेको थियो।
     
    प्रतियोगितामा पुरुषतर्फ सहभागी शुल्क ३ हजार ५ सय रुपैयाँ राखिएको थियो भने भने महिला तर्फ सहभागी शुल्क:५ सय रुपैयाँ राखिएको थियो। प्रतियोगितामा पुरुषतर्फ प्रथम ऋषिङ्ग ५ राम्जाकोट,द्वीतीय देवघाट १ कोटा खेलकुद समिति र तृतीय देवघाट ३ दगार क्लबलाई क्रमश:३५ हजार, मेडल,प्रमाणपत्र, २५ हजार,मेडल,प्रमाणपत्र र १५ हजार,मेडल,प्रमाणपत्र प्रदान गरिएको थियोे।त्यस्तै महिला तर्फ प्रथम गैंडाकोट ढोडेनी नवलपुर र द्वीतीय देवघाट १ कोटालाई क्रमशः ८ हजार र ४ हजार सहित मेडल,प्रमाणपत्र
    प्रदान गरिएको थियो।
     
    सो कार्यक्रममा प्रमुख अतिथि देवघाट १ वडा अध्यक्ष मनिराज गुरुङ,विशिष्ट अतिथि देवघाट ४ वडा अध्यक्ष मित्रलाल गुरुङ,विशिष्ट अतिथि गाउँकार्यपालिका सदस्य बाबुराम परियार एवं अन्य अतिथि जिल्ला कमिटी सदस्य जुली सारुमगर,नेकपा एमाले देवघाटका अध्यक्ष भिमबहादुर गुरुङ,रास्वपा देवघाट १ वडा सभापति युग बहादुर गुरुङ,राप्रपा देवघाट १ वडा अध्यक्ष खिमलाल गुरुङ,कोटथाम सामुदायिक वन अध्यक्ष इश्वर गुरुङ,कोपिटार सामुदायिक बन अध्यक्ष यम बहादुर गुरुङ लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो भने कोटा खेलकुद समितिका अध्यक्ष लेखबहादुर गुरुङको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend