देवघाट:
आर्थिक उन्नतीका लागि हरिहर सहकारी भन्ने नारालाई आत्मसात गर्दै देवघाट-५,टाउनचोकमा रहेको श्री हरिहर बचत तथा ऋण सहकारी संस्थाले नववर्षको पावन अवसरमा शुभकामना आदान-प्रदान एवं नयाँ बर्ष २०८२ को भित्तो पात्रो विमोचन गरेको छ।

श्री हरिहर बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष रोशनदेव आचार्यको अध्यक्षतामा भएको उक्त कार्यक्रममा देवघाट गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । गाउँपालिका उपाध्यक्ष गुरुङले हरिहर बचत तथा ऋण सहकारी संस्था समय सापेक्षित सामाजिक क्षेत्रमा पनि निरन्तर अगाडी बढेको बताउदै,पशु,कृषि,एवं व्यवसायी क्षेत्रमा पनि लगानी वृद्धि गर्न अनुरोध गर्नुभयो।त्यस्तै उपाध्यक्ष गुरुङले गाउँपालिकाले सहकारी क्षेत्रलाई सक्ने सहयोग समन्वय गर्ने बताउनुभयो,भने नजिकिदै गरेको नयाँ बर्ष २०८२ को आम नेपालीहरुमा शुभकामना समेत व्यक्त गर्नुभयो ।

हरिहर बचत तथा ऋण सहकारी संस्थाको भित्तोपात्रो विमोचन कार्यक्रममा विशिष्ट अतिथि देवघाट गाउँपालिका कार्यक्रम अधिकृत कृष्णराज पन्त,देवपुर टोल बिकास संस्था अध्यक्ष सुकु गुरुङ लगायत संस्थाका अन्य सदस्यहरुको उपस्थिति रहेको थियो भने सचीव अनिल मिश्रले कार्यक्रम सञ्चालन
गर्नुभएको थियो।

गर्नुभएको थियो।




