देवघाटमा क्याम्पस खुल्छ : संयोजक डा.श्रेष्ठ

images
  • 385
    SHARES
  • चैत्र २८, २०८१ शुक्रबार
    देवघाटमा क्याम्पस खुल्छ : संयोजक डा.श्रेष्ठ
    images
     
    देवघाट,
     
    तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित सिटी हलमा आज क्याम्पस सन्चालनको बिषयमा बृहत भेला कार्यक्रम भएको छ ।सम्भाव्यता अध्ययन समिति देवघाटको आयोजनामा आयोजित उक्त बृहत भेला कार्यक्रमले आउदो शैक्षिक सत्र २०८२/०८३ बाट कलेज संचालन आउने निश्चित भएको प्रस्तावित देवघाट कलेजका सम्भाव्यता अध्ययन समितिका संयोज डा.सुरेन्द्र प्रसाद श्रेष्ठले बताउनुभयो।
    490575110_647221694611115_1413485325431200298_n.jpg
     
    कार्यक्रममा सर्बदलिय एवं सरोकारवालाहरुको उपस्थितिबाट अर्थ संकलन तथा आर्थिक मामिला उप-समिती गठन समेत गरिएको छ।जस् अनुसार विभिन्न क्षेत्रलाई समेट्ने गरि ३ जना संयोजक चयन गरेको छ। संयोजक डिल्लीराम गिरीको संयोजत्वमा सदस्य सुकु गुरुङ,हरिराम काप्री र सावित्री न्यौपाने,तेस्तैगरी संयोजक बाबुराम पौडेल संयोजत्वमा सदस्य अमर फेवाली,हरिबहादुर कुँवर र एलिजा अधिकारी(क्षेत्री) एवं संयोजक भानुभक्त न्यौपाने संयोजत्वमा सदस्य यालबहादुर गुरुङ,हेमन्त पौडेल,दुर्गलाल गुरुङ लाई भेलाबाट अनुमोदन गरेको डा. श्रेष्ठले बताउनुभयो।
    490020690_647221641277787_3739598081434814837_n.jpg
     
    सो कार्यक्रममा प्रमुख अतिथि देवघाट गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङले गाउँपालिका भित्र अहिलेसम्म कुनै स्नातक तहको क्याम्पसको स्थापना नभएको बताउदै क्याम्पस संन्चालनको  निम्ती  आफ्नो व्यक्तिगत एवं गाउँपालिकाको तर्फबाट सहयोग समन्वय गर्ने बताउनुभयो। साथै उपाध्यक्ष गुरुङले गाउँपालिकामा क्याम्पस संन्चालन हुँदा गाउँपालिका शैक्षिक विकास एवं अध्यनरत विद्यार्थीहरुलाई समयको बचत तथा आर्थिक रुपमा समेत विद्यार्थीहराई सहज हुने बताउनुभयो।
     
    कार्यक्रममा देवघाट १ वडा अध्यक्ष मनिराज गुरुङ,देवघाट ४ वडा अध्यक्ष मित्रलाल गुरुङ, नेकपा एमाले देवघाट सचीव सान श्रेष्ठ,नेपाली काङ्ग्रेस देवघाटका सचीव भरत आचार्य,रास्वपा देवघाट सभापति गोविन्द प्रसाद न्यौपाने,राप्रपा देवघाट अध्यक्ष दिवाकर मिश्र,सम्भाव्यता अध्ययन समितिका सदस्य केशव चन्द्र न्यौपाने,कालिका मावि प्रधानाध्यापक सरदचन्द्रा खनाल,देवघाट क्षेत्र बिकास समितिका पुर्व अध्यक्ष शिवराज पौडेल,अनेमसंघ देवघाट अध्यक्ष सावित्री न्यौपाने,मधु सामुदायिक वनका अध्यक्ष डिल्लीराम गिरी लगायतले आफ्नो भनाइ राख्नुभएको थियो।कार्यक्रम सम्भाव्यता अध्ययन समितिका सदस्य युवराज साँखीले सञ्चालन गर्नुभएको थियो।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend