शिक्षकहरूले काठमाण्डाै केन्द्रित आन्दाेलन थालेकाे १० दिन पुग्याे

images
  • 363
    SHARES
  • चैत्र २८, २०८१ शुक्रबार
    शिक्षकहरूले काठमाण्डाै केन्द्रित आन्दाेलन थालेकाे १० दिन पुग्याे
    images

    काठमाण्डाै –

    शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले काठमाण्डाै केन्द्रित आन्दोलन थालेको आज १० दिन पुगेको छ । देशभरका शिक्षकले चैत २० गतेदेखि काठमाण्डौमा प्रदर्शनमा गर्दै आएका हुन् । उनीहरूले लगातार काठमाण्डौको माइतीघर–बानेश्वर सडकमा प्रदर्शन गरिरहेका छन् ।

    सरकारसँग संवाद थालनी गरे पनि शिक्षकहरू शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी राख्ने अडानमा छन् । आन्दोलनरत शिक्षक र सरकारबीच हिजोदेखि वार्ता शुरू भए पनि सहमति हुन सकेको छैन ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षामन्त्री विद्या भट्टराई तथा मन्त्रालयका सचिव डा. दीपक काफ्लेसहित मन्त्रालयको टोलीसँग आन्दोलनरत शिक्षकको तर्फबाट शिक्षक महासङ्घकी सहअध्यक्ष नानुमाया पराजुलीसहितको टोली वार्तामा सहभागी छ ।

    यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूले आफ्नो मात्र हित हेरेको भन्दै यसले समाधान नदिने बताउनुभएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend