देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाद्वारा स्केट पार्कको उद्घाटन

images
  • 444
    SHARES
  • चैत्र २९, २०८१ शनिबार
    देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाद्वारा स्केट पार्कको उद्घाटन
    images

    देवघाट,

    देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले आज स्केट पार्कको उद्घाटन गर्नुभएको छ ।

    490506585_648146494518635_3076149194473073421_n.jpg

    देवघाट ५ देवपुर तनहुँमा संचालित देवघाट स्केट पार्कको उद्घाटन गर्नुहुँदै थापाले खेलकुदका क्षेत्रमा देवघाटले बिस्तारै फड्को मार्दै गरेको बताउनुभयो ।युवा शक्ति भबिस्यको बलियो आधारशीला भएको उदाहरण दिदै थापाले अब युवाको नेतृत्वलाई समेट्नुपर्ने तर्क गर्नुभयो ।

    खेल क्षेत्रमा ब्यबशायिक रुपमा निजि लगानि गरि युवाहरु स्वदेशम‌ै काम गर्ने वातावरण बनेको र सकारत्मक सोचका साथ युवाहरु शिक्षा स्वास्थ पर्यटन कृषि क्षेत्रमा पनि निजि लगानि गरि,ब्यबशायिक बन्न सुझाब दिईएको थियो।

    देवघाटमा निजि क्षेत्रमा लगानी गर्ने युवाहरुको वृद्धिदर बढ्दो क्रममा रहेको बताउदै,कृषी क्षेत्रतर्फ सुन्तला लगायत र पशु क्षेत्र तर्फ गाइभैंसी,बाख्रा,बंगुर व्यवसायमा समेत युवाहरुको बढ्दो आकर्षक रहेको अध्यक्ष थापाले बताउनुभयो।

    पाँच जना युवा मिलेर निजी रुपमा लगानी गरि स्केट पार्क सञ्चालन ल्याउदा देवघाटको खेलकुद बिकासमा उहाँहरुले चाल्नुभएको कदम अत्यन्तै सराहनीय रहेको बताउदै धन्यवाद समेत व्यक्त गर्नुभयो।

    490414649_648146014518683_8073719052730439549_n.jpg

    खेलमैदानको परिपूर्तिको लागि तयारी थालिएको बताउदै उहाँले खेलकुदका क्षेत्रमा युवालाई अग्रसर गराउन, नयाँ खेलाडी उत्पादनमा जोडदिन, प्रत्येक विद्यालय एवं संघ संस्थाहरु संग समन्वय गरेर अगाडी बढिरहेको बताउनुभयो ।देवघाट धार्मिक ऐतिहासिक स्थलका रूपमा परिचीत भएजस्तै अब खेलमैदानका रूपमा समेत चिनाउन आबश्यक रहेको अध्यक्ष थापाले बताउनुभयो ।490338185_648146461185305_3810896467308106834_n.jpg

    आम युवा बिदेश पलायन भएको अबस्थामा स्वदेशमा बसेर ग्रामीण क्षेत्रको बिकासका लागि स्केट पार्क संचालन गर्नु भनेको देवघाटका लागि ठूलो उपलब्धि बनेको तर्क गर्नुभयो ।साथै स्थानीय सरकार आएको २०७४ साल देखी यता हालसम्म हेर्ने हो भने देवघाट गाउँपालिकाले बिकासको क्रममा फड्को मरेको बताउनुभयो।490333565_648146497851968_7244290143433780756_n.jpg

    कार्यक्रममा विशिष्ट अतिथि देवघाट गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङले ससाना बालबच्चा तथा युवाहरु मोबाइलमा ब्यस्त भइरहँदा स्केटले मोबाइलको लतलाई समेत केही हदसम्म कम गर्ने उहाँले बताउनुभयो ।साथै उपाध्यक्ष गुरुङले खेलकुद क्षेत्रको बिकासमा पनि थप टेवा पुगेको बताउदै सक्दो सहयोग गर्ने बताउनुभयो।490455294_648149344518350_2287725852601391671_n.jpg

    पाँच जना युवाहरु मिलेर भर्खर संचालनमा ल्याइएको उक्त देवघाट स्केट पार्क मनोरञ्जनयुक्त रमणिय वातावरणमा संचालित छ । जहाँ धार्मिक क्षेत्र झल्कने दृश्यहरु समेत ब्यानरमा राखिएको छ ।एक करोड भन्दा बढीको लागतमा संचालित उक्त स्केट पार्क ६ रोपनी जग्गामा अबस्थित छ ।

    स्वदेशमा केही गरौं भन्ने उदेश्यले देवघाटका जुझारु युवा अर्जुन प्रसाद अधिकारी, अनिल मिश्र, रामु खनाल, रोशन आचार्य, किरण सुवेदी भएर संचालनमा ल्याउनुभएको हो ।490506585_648146494518635_3076149194473073421_n (1).jpg

    कार्यक्रममा बिशिस्ट अतिथि देवघाट गाउँपालिका प्रवक्ता एवं देवघाट ५ वडा अध्यक्ष पुर्णबहादुर कुवर,देवघाट ५ वडा सदस्य यम बहादुर मगर,सरस्वती परियार,कमला गुरुङ,बुद्धिबहादुर पाण्डे,गण्डकी वन महासंघका अध्यक्ष केशवचन्द्र न्यौपाने,नेकपा एमाले देवघाट सचीव सान श्रेष्ठ,चक्रवर्ती बचत तथा ॠण सहकारी संस्थामा अध्यक्ष अर्जुन अधिकारी,देवघाट गाउँपालिका कार्यक्रम अधिकृत कृष्णराज पन्त,देवघाट युवा तथा खेलकुद समितीका अध्यक्ष अमर फेवाली,कालिका मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष डा.सुरेन्द्र प्रसाद श्रेष्ठ,चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्था अध्यक्ष सवित्री न्यौपाने,ईलाका प्रहरी कार्यालय देवघाट इन्चार्ज उदयराज पौडेल,देवघाट उद्योग बाणिज्य संघ अध्यक्ष रोशन श्रेष्ठ,देवपुर टोल बिकास संस्था अध्यक्ष सुकु गुरुङ,सीता सामुदायिक वन अध्यक्ष भानुभक्त न्यौपाने लगायत नागरिक समाज, महिला उद्यमी तथा सामाजिक व्यक्तित्व संचारकर्मीको उपस्थिति रहेको थियो।साथै कार्यक्रम सञ्चालन अनिल मिश्रले सञ्चालन गरेको थियो भने टोयनारायण खरालको अध्यक्षतामा सम्पन्न भएको थियो।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend