करेन्ट लागेर २ जनाको मृत्यु

images
  • 318
    SHARES
  • चैत्र २९, २०८१ शनिबार
    करेन्ट लागेर २ जनाको मृत्यु
    images

    काठमाडौं।

    कैलाली र झापामा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका- १९ फूलबारीका २५ वर्षीया विमला कुँवरको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको हो ।

    आफ्नै घरमा पानी तान्ने विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, झापाको कन्काई नगरपालिका- १ बस्ने ६६ वर्षीय ताराबहादुर विश्वकर्माको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको छ ।

    आफ्नै घरमा पानी तान्ने विद्युतीय मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि बिर्तासिटी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend