काठमाडौं ।
वैदेशिक रोजगारीमा आकर्षक तलबमा यूके र क्यानडा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलामको चुलाचुली गाउँपालिका-३ घर भएका काठमाडौं महानगरपालिका-२९ बस्ने ३५ वर्षीय ख्याम खड्का र मोरङको ग्रामथान गाउँपालिका-६ घर भएका काठमाडौं महानगरपालिका-३० बस्ने २३ वर्षीय ईश्वर पोखरेल रहेका छन् ।
खड्काले यूके पठाइदिने भन्दै २ जना पीडितसँग ३६ लाख रुपैयाँ र पोखरेलले एक जना पीडितसँग क्यानडा पठाइदिने भन्दै १० लाख ५१ हजार रुपैयाँ लिएर सम्पर्कविहीन बनेको उजुरी परेको थियो ।



