रास्वपाका सभापति लामिछानेको मुद्दामा सुनुवाइ सकियो

images
  • 117
    SHARES
  • चैत्र ३०, २०८१ आइतबार
    रास्वपाका सभापति लामिछानेको मुद्दामा सुनुवाइ सकियो
    images

    काठमाडौँ ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाइ सकिएको छ ।  आइतबार न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासमा सुनुवाइ सकिएको हो ।

    मुद्दामा आदेश आजै आउने बताइएको छ ।  लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा चैत २९ गते रिट दर्ता भएको थियो ।

    सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा अघिल्लो शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । उक्त आदेशपछि उनलाई सोही रात बुढानीलकण्ठबाट पक्राउ गरी काठमाडौँ प्रहरी परिसरमा राखिएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend