देवघाट,
स्वास्थको लागी खेलकुद राष्ट्रको लागी खेलकुद भन्नेनारालाई आत्मसात गर्दै नयाँ वर्षको पावन अवसरमा नेपाल तरुण दल देवघाट २ वडाको आयोजना तथा नेपाल देवघाट तरुण दलको सह-आयोजना एवं नेपाल तरुण दल तनहुँको मुख्य प्रायोजनमा तनहुँको देवघाट गाउँपालिका वडा नम्बर २ खाल्टेमा प्रथम देवघाट २ नम्बर वडा तरुण दल कप खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी शुक्लागण्डकीले प्राप्त गरेको छ।फाइनल खेलमा आयोजक तरुण दल देवघाटलाई पछी परेको थियो।
सो प्रतियोगितामा प्रथम स्थान शुक्लागण्डकी तनहुँ ,द्वीतिय स्थान आयोजक तरुण दल देवघाट २ तनहुँ र तृतीय स्थान बुलिङ्गटार ठाम्बेसी नवलपुरलाई क्रमशः १ लाख १ हजार १११ रुपैयाँ,५१ हजार १५१ रुपैयाँ र २६ हजार १५१ रुपैयाँ सहित ट्रफी, मेडल,प्रमाणपत्र प्रदान गरिएको थियो।सो प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी र स्पाइकर खेलाडीलाई ३ हजार रुपैया सहित मेडल र प्रमाणपत्र समेत प्रदान गरेको थियो।
यहीँ चैत्र २८ गते आजबाट सञ्चालन भएको खुल्ला पुरुष भलिबल प्रतियोगिता चैत्र ३१ गते सम्म सञ्चालन हुने भनेता पनि प्रविधिक कारण यहीँ बैशाख १ गतेसम्म सञ्चालन भएको थियो । प्रतियोगितामा छिमेकी जिल्ला नवलपुर,चितवन र तनहुँ गरी १६ टिमको सहभागिता रहेको थियो।साथै सहभागी इन्ट्री शुल्क ५ हजार ५ सय रुपैयाँ राखिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि देवघाट २ नम्बर वडा अध्यक्ष मिनबहादुर रानामगर,विशिष्ट अतिथि कार्यपालिका सदस्य बालकुमारी परियार,हुममाया खान,सर्बोदय विद्यालयका प्रधानाध्यापक टेकबहादुर थापामगर,समाजसेवी युवा व्यवसायी रबिन्द्र गुरुङ, लगायत विभिन्न संघ,संस्था एवं बुद्धिजीवी व्यक्तिहरुको सहभागिता रहेकोे थियो,भने तरुण दल देवघाट २ वडाका कार्यबाहक सभापति विष्णु मल्लको अध्यक्षता रहेकोे थियो।



