नयाँ वर्षको दिन शेयर बजार २७ अङ्कले बढ्यो

images
  • 433
    SHARES
  • बैशाख २, २०८२ मंगलबार
    नयाँ वर्षको दिन शेयर बजार २७ अङ्कले बढ्यो
    images

    काठमाण्डाै –

    नयाँ वर्ष २०८२ को पहिलो कारोबार दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव १४ अङ्कले बढेर २ हजार ६ सय ८९ दशमलव २२ विन्दुमा पुगेको छ ।

    आज म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक र लगानी समूहको शेयर २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

    आज कर्पाेरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, सप्तकोशी विकास बैंक, नेपाल माइक्रो इन्सुरेन्स कम्पनी, क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्सको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन बलेफी हाइड्रोपावर कम्पनीको शेयर भने साढे ९ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend