नेपाल मगर संघ देवघाटद्वारा नयाँ बर्षको शुभकामना आदानप्रदान

images
  • 628
    SHARES
  • बैशाख ३, २०८२ बुधबार
    नेपाल मगर संघ देवघाटद्वारा नयाँ बर्षको शुभकामना आदानप्रदान
    images

    देवघाट,
    तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित नमस्ते गार्डेन रिसोर्टमा नयाँ बर्ष वि.स. २०८२ को अबसरमा नेपाल मगर संघ देवघाटद्वारा शुभकामना आदानप्रदान गरेको छ।491005602_642501225470290_8821195475713405578_n.jpg

    संघका अध्यक्ष खड्क बहादुर मगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघ केन्द्रीय निर्वाचन समिति संयोजक सिद्धान्त थापा मगरको प्रमुख आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा प्रमुख आतिथ्यता ग्रहण गर्नुहुँदै नेपाल मगर संघ केन्द्रीय निर्वाचन समितिका संयोजक सिद्धान्त थापा मगरले मगर जातीको इतिहास परापूर्व कालदेखि चल्दै आएको बताउनुभएको छ । मौलिक संस्कृतीको संरक्षणमा मगर जातीको आफ्नै बिशिष्ट योगदान रहेको उहाँले जिकिर गर्नुभयो ।
    त्यस्तै उहाँले देशभरी छरिएर रहेका आम मगरबासीहरुमा नयाँ बर्षको शुभकामना प्रदान गर्नुभयो ।

    सो कार्यक्रममा विशिष्ट अतिथि देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरुङ, अतिथि देवघाट वडा नम्बर ५ का वडा सदस्य यमबहादुर मगर,क्षेत्रि समाज देवघाट अध्यक्ष गणेश बहादुर थापा,तमु समाज देवघाटका सचिव डिलबहादुर गुरुङ लगायत संघ संस्थाका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend