देवघाट,
तनहुँको देवघाट वडा नम्बर ५ निवासी अजित कुँवर र विधान कोइरालाद्वारा भरतपुर-१०, कामनामार्गमा बैशाख १ गतेबाट हिमालय हार्भेस्ट सन्चालन गरेको सन्चालक अजित कुँवरले बताउनुभयो। हिमालय हार्भेस्टले आयुर्वेदिक जडिबुटीबाट उत्पादित अर्गानिक खानेकुरा बिक्रीवितरण गर्ने बताउनुभयो।

साथै कुँवरका अनुसार हिमालय हार्भेस्टले सिलाजित, मोरिङ्गा पौडर, अमला पाउडर लगायतका उत्पादन पाईने बताउनुभयो। उत्पादित बस्तुहरुलाई अनलाइनको माध्यमबाट देश देखि बिदेशसम्म आवस्यकता अनुसार पठाउन सकिने बताउनुभयो ।




