सेयर बजार २७ सय नजिक,नेप्से ९.७५ अंकले वृद्धि, कारोबार घट्यो

images
  • 385
    SHARES
  • बैशाख ३, २०८२ बुधबार
    सेयर बजार २७ सय नजिक,नेप्से ९.७५ अंकले वृद्धि, कारोबार घट्यो
    images

    काठमाडौँ ।

    बुधबार सेयरबजार परिसूचक नेप्से ९.७५ अंकले वृद्धि भई २६९८.९७ विन्दूमा पुगेको छ । नेप्से बढेपनि कारोबार भने घटेको छ । मंगलबार ८ अर्ब ५४ करोड ४३ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । बुधबार ७ अर्ब २६ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

    उक्त मूल्य बराबरको १ करोड ६६ लाख ११ हजार ५३२ कित्ता शेयर किनबेच भएको छ । बुधबार कारोबारमा आएका १४७ कम्पनीको मूल्य वृद्धि भएको छभने ९७ कम्पनीको मूल्य घटेको छ । दुई वटा कम्पनीको मूल्य स्थीर रहेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend