देवघाटमा शैक्षिक सत्रबाट क्याम्पस सञ्चालन हुने

images
  • 347
    SHARES
  • बैशाख ४, २०८२ बिहीबार
    देवघाटमा शैक्षिक सत्रबाट क्याम्पस सञ्चालन हुने
    images
    देवघाट
    तनहुँको देवघाट गाउँपालिकाको सिटी हलमा आज देवघाट गाउँपालिकाको आयोजनामा देवघाट सामुदायिक क्याम्पस स्थापना सम्बन्धी छलफल कार्यक्रम भएको थियो।
     
    सो कार्यक्रममा सभाव्यता अध्ययन समितीका संयोजक डा.सुरेन्द्र प्रसाद श्रेष्ठले देवघाटमा क्याम्पस सञ्चालन हुने निश्चित भएको बताउनुभयो।आगामी शैक्षिक सत्रबाट स्थातक तहको क्याम्पस सञ्चालन हुने बताउनुभयो।श्रेष्ठका अनुसार आजको छलफलमा क्याम्पस सञ्चालनको लागी आर्थिक तथा पुर्वाधार व्यवस्थापनको बिषयमा सवै बुद्धिजीवी राजनैतिक दल एवं विभिन्न संघ संस्थाहरुबाट सकारात्मक धारण आएको बताउनुभयो।
     
    सो कार्यक्रममा देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाको अध्यक्षतामा भएको थियो भने गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङ,गाउँपालिका प्रवक्ता एवं ५ वडा अध्यक्ष पुर्ण बहादुर कुँवर,देवघाट १ वडा अध्यक्ष मनिराज गुरुङ,देवघाट ४ मित्रलाल गुरुङ,नेकपा एमाले अध्यक्ष देवघाटका भिमबहादुर गुरुङ,नेपाली काङ्ग्रेस देवघाटका उप-सभापति पुरुषोत्तम शर्मा पण्डित,नेकपा माओवादी केन्द्र देवघाटका प्रतिनिधि दुर्गलाल गुरुङ,रास्वपा देवघाटका सभापति गोविन्द प्रसाद न्यौपाने,सामुदायिक वन एवं विभिन्न संघ संस्थाहरु बाट अध्यक्ष एवं प्रतिनिधिहरुको उपस्थिति रहेकोे थियो।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend