रास्वपाले तोक्यो ७ वटै प्रदेशमा इन्चार्ज

images
  • 308
    SHARES
  • बैशाख ४, २०८२ बिहीबार
    रास्वपाले तोक्यो ७ वटै प्रदेशमा इन्चार्ज
    images

    काठमाडौँ ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ७ प्रादेशिक इन्चार्ज तोकेको छ । आज बसेको केन्द्रीय समिति बैठकले आफ्नो प्रादेशिक कमिटीहरूलाई सशक्त बनाउन सात वटै प्रदेशमा इन्चार्ज तोकेको हो ।

    कोशी प्रदेशको इन्चार्जमा सन्तोष परियार चयन भएका छन् भने मधेसको जिम्मेवारी मनिष झाले पाएका छन् । बागमती इन्चार्ज लिमा अधिकारी र गण्डकीको शिशिर खनाललाई तोकिएको छ ।

    यस्तै, लुम्बिनी प्रदेशमा विपिन कुमार आचार्य, कर्णालीमा गणेश पराजुली र सुदूरपश्चिममा हरि ढकाललाई इन्चार्ज बनाइएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend