इच्छाकामनामा पहिलो पटक बहालवाला प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओली आउदै, गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको समुद्घाटन गर्ने

images
  • 361
    SHARES
  • बैशाख ४, २०८२ बिहीबार
    इच्छाकामनामा पहिलो पटक बहालवाला प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओली आउदै, गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको समुद्घाटन गर्ने
    images

    कुरिनटार ।

    चितवनको इच्छाकामना गाउँपालिकामा पहिलो पटक बहालवाला प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओली आउनु हुने भएको छ । इच्छाकामना गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवनको समुद्घाटनको लागि प्रधानमन्त्री ओली आउन लाग्नु भएका हुन् । 

    यहि वैशाख ५ गते कुरिनटार स्थित इच्छाकामना गाउँपालिका कार्यालयको समुद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आउनु हुने कार्यक्रम तय भएको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्री ओली करिब ११ः३० बजे हेलिकप्टर मार्फत कुरिनटार आउनुभै गाउँपालिकाको भवन समुद्घाटन कार्यक्रममा सरिक हुनुहुनेछ ।

    यस्तै कुरिनटारमा प्रधानमन्त्री केपी शर्मा ओली करिब ३० मिनेट बस्नु भै भरतपुरको गोन्द्राङ–पुल्चोक सडक समुद्घाटनको लागि प्रस्थान गर्नुहुनेछ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend