देवघाट,
तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ भित्र रहेको चक्रवर्ती सामुदायिक वनका पदाधिकारीहरु निजगढ-७,बारा जिल्ला भित्र रहेको जनज्योति सामुदायिक वनको अध्ययन अवलोकन भ्रमण गरेको छ।

जनज्योति सामुदायिक वन गत वर्ष २०८०/०८१ सालमादेशै भरीका सामुदायिक वनहरु मध्यमा उत्कृष्ट सामुदायिक वन बन्न सफल भएको थियो भने गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारबाट सम्मानित समेत भएको जनज्योति सामुदायिक वनका अध्यक्ष खड्का बहादुर मोक्तानले बताउनु भएको थियो।
सो जनज्योति सामुदायिक वनको क्षेत्रफल ३९५ हेक्टर रहेको छ भने ४५९ घरधुरी रहेका छन्।उपभोक्त भने करिब २ हजार ४ सय जना रहेको अध्यक्ष मोक्तानले बताउनुभयो।साथै करिब ५ हेक्टर क्षेत्रफल जमीनमा डिपिआर अनुसारको पार्क निर्माणको योजना अगाडी बढेको समेत बताउनुभयो।
सो अबलोकन अध्ययन भ्रमणमा बारा जिल्ला वनक महासंघ अध्यक्ष रामजी प्रसाद बजगाई चक्रवर्ती सामुदायिक वनका अध्यक्ष डिलबहादुर गुरुङ,उपाध्यक्ष खेम बहादुर राना,सचीव प्रेमबहादुर थापा,कोषाध्यक्ष उषा नैनावस्ती,चक्रवर्ती सामुदायिक वनका कार्यसमिति पदाधिकारीहरु एवं जनज्योति सामुदायिक वन सचीव रामकुमार सिञ्जाली,कोषाध्यक्ष भवानी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।



