दानव नदीमा पौडी खेल्ने क्रममा तीन जना बालक बेपत्ता

images
  • 247
    SHARES
  • बैशाख ८, २०८२ सोमबार
    दानव नदीमा पौडी खेल्ने क्रममा तीन जना बालक बेपत्ता
    images

    काठमाण्डाै

    रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीमा रहेकाे दानव नदीमा पौडी खेल्ने क्रममा तीन जना बालक बेपत्ता भएका छन् ।

    बेपत्ता हुनेहरूमा त्यही ठाउँका १३ वर्षीय उमेश यादव, १४ वर्षीय राज यादव र १२ वर्षीय मुनु हरिजन छन् । आज दिउँसाे पाैडी खेल्ने क्रममा उनीहरू बेपत्ता भएका थिए । उनीहरूकाे खोजीका लागि सशस्त्र प्रहरी बल खटिएको छ ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend