रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्न नमिल्ने

images
  • 333
    SHARES
  • बैशाख ८, २०८२ सोमबार
    रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्न नमिल्ने
    images

    काठमाडौँ ।

    पूर्व गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्नुपर्ने माग राखी दायर भएको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्ने भएको छ ।

    न्यायाधीश हरि फुयाँलको इजलासमा परेको निवेदन हेर्न नमिल्ने भएको हो । सर्वोच्च अदालतले मंगलबारका लागि निवेदनको पेशी तोकिसकेको छ ।

    सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका लामिछानेलाई गैरकानुनी थुनामा राखेको दाबी गर्दै उनका तर्फबाट श्रीमती निकिता पौडेलले आइतबार निवेदन दर्ता गराएकी थिइन् ।

    उक्त निवेदनको प्रारम्भिक सुनुवाइका लागि आज पेसी तोकिएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend