आफू कानून मन्त्रालयको उपसचिव हुँ भनी विभिन्न व्यक्तिलाई ठगी गर्ने एक महिला त्रिपुरेश्वरबाट पक्राउ परेकी छिन्।
जिल्ला प्रहरी कार्यालयको टोलीले दैलेखको दुनेचौर गाउँपालिका–५ स्थायी बासिन्दा तथा हाल ललितपुर महानगरपालिका–२५ बसोबास गर्ने ४० वर्षीया जानकी न्यौपानेलाई पक्राउ गरेको हो।
न्यौपानेले पीडितहरूलाई आफू हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहेको बताउँदै विमानस्थलमा हुने विभिन्न ठेक्कामा काम दिलाइदिने प्रलोभन दिएकी थिइन्।
सोही बहानामा उनले राजस्व र धरौटी रकमको नाममा एक जना पीडितबाट ७ लाख ६० हजार ८ सय असुलेकी थिइन्।



